रियलले जित्यो सुपर कोपाको उपाधि

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ। गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो। रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए। उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए।…